कतारका लागि श्रम स्वीकृति स्थगित

Machchapuchchre

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ ।

कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो ।कतारले सोमबारदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेश रोक लगाएको थियो ।

श्रमस्वीकृति पाएका झन्डै ५ सय नेपाली नागरिक सोमबार त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेको थियो । दोहा उडान गर्ने कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि नेपाली नागरिकको यात्रामा रोक लगाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्