बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा १० प्रतिशत छुट

Machchapuchchre

काठमाडौँ । बैंक अफ काठमाण्डूका ग्राहकले काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा विशेष छुट पाउने भएका छन् । बैंक र क्लिनिक अफ कस्मेटिकबीच बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गरे ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्