मिर्गौला दान दिने सङ्ग्राैला प्रधानमन्त्रीलाई भेट्ने पहिलो ‘भिजिटर’ हुने

Machchapuchchre

काठमाड । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने उनकी भान्जी समीक्षा सङ्ग्राैलाले प्रधानमन्त्रीलाई भेट्न चाहाना व्यक्त गरेकी छिन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहान भेट्न जाँदा सङ्ग्राैलाले ‘मामालाई कस्तो छ’ भन्दै प्रधानमन्त्रीलाई एक पटक भेट्न चाहेको इच्छा व्यक्त गरेकाे बताएका छन्।

जवाफमा राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्रीलाई भेट्ने तपाईं पहिलो ‘भिजिटर’ हुने भनेर आफूले सङ्ग्राैलालाई भनेको ट्विटरमा लेखेका छन् । ‘प्रधानमन्त्रिज्युलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ?एकपटक मामालाई भेट्न मन लागेको छ। मैले भने- तपाई पहोलो भिजिटर हुनुहुनेछ।आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए।’ उनले ट्वीट गरेका छन् ।

आफ्नोभन्दा प्रधानमन्त्रीको स्वास्थ्यको चिन्ता लिने उनीप्रति आफूले सम्मान प्रकट गर्दैै सङ्ग्राैला भर्ना भएको वार्डबाट निस्किएको रिमालले ट्विटरमा उल्लेख गरेका छन् । गएको बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गर्दैछन् । यस्तै प्रधानमन्त्रीलाई आफ्नो दाहिने मिर्गौला दान गरेकी सङ्ग्राैलाको स्वास्थ्यमा पनि क्रमिक सुधार हुँदै गएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्