शनिबार दिनभर नै बर्षा हुने, हुम्लामा भारी हिमपात

Machchapuchchre

काठमाडौं । मुलुकभरका अधिकांश भू-भागमा वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । बर्षासँगै तापक्रम घटेपछि पुनः चिसो बढेको महशुष भएको छ । पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि नै भइरहेको वर्षा आज दिनभर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आइतबारदेखि भने मौसम सुधार हुनेछ । हिमाली भेगमा भने हिमपात भएको छ । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ ।

जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा बदली हुँदा हिमपात शुरु भएको हो । हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

केही स्थानमा चट्याङ्, हावाहुरी र असिनासहित वर्षाको सम्भावना औंल्याउँदै महाशाखालले सतर्कता अपनाउन आग्रह समेत गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, शुक्रबार भित्रिएको मौसमी प्रणाली शनिबार रातिदेखि पूर्व हुँदै बाहिरिने छ । पानी पार्ने मौसमी प्रणाली बाहिरिएपछि घाम लाग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्