नागरिक उड्डयन प्राधिकरणको निश्कर्ष – हवाई उडान रोकिहाल्नुपर्ने अवस्था छैन

Machchapuchchre

काठमाडौं । कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणले निकालेको छ । प्राधिकरणले अहिले मुलुकभित्र कोरोनाको संक्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान–अवतरण रोक्न पर्ने अवस्था नरहेको बताएको छ । तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणको सिफारिसमा उल्लेख छ ।

प्राधिकरणले विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन नेपाल सरकारलाई सिफारिस गरेको छ ।  सरकारले नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारी गरेको छ भने अति प्रभावित मुलुकका नागरिकलाई अन अराइभल भिसा नदिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान रोक्नु पर्ने वा नपर्नेबारे अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई भनेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्