एसीसी इस्टन रिजन टी–२० क्रिकेटमा नेपालको कीर्तिमानी जीत, थाइल्याण्ड ९ विकेटले पराजित

Machchapuchchre

काठमाडौं । एसीसी इस्टन रिजन टी –२० क्रिकेटमा नेपालले कीर्तिमानी जीत हात पारेको छ । बुधबार थाइल्यान्डमा भएको खेलमा घरेलु टोलीलाई ३३ बलमा ९ विकेटले पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो ।

टस जीतेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभर पूरा खेल्दै सबै विकेट गुमाएर ६६ रन बनाएको थियो । ६७ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ । नेपालका लागि ओपनर युवा ब्याट्सम्यान कुशल मल्लले १८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३६ रन प्रहार गरे ।

पवन शरार्फले १० बलमा ३ छक्का र २ चौकाको मद्दतमा २७ रन बनाउँदा नेपालले फराकिलो जीत हात पारेको हो । यस्तै, ओपनर पारस खड्का ९ रनमा आउट भएका थिए । उनलाई थाइल्यान्डका नोफेन सानामोन्टीले आउट गरेका थिए । यसअघि टस जीतेर ब्याटिङ गरेको थाइल्यान्डले ६६ रन बनाउने क्रममा हेनन जोर्डन र फिरियापुङ सुनचाईले समान १३–१३ रन बनाए ।

नेपालका करण केसीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १/१ रन बनाए । थाइल्यान्डबिरुद्ध नेपालका बलरले १७ रन ‘एक्स्ट्रा’ खर्चेका थिए । थाइल्यान्डविरुद्धको खेलमा नेपालले अहिलेसम्मकै छोटो समयमा लक्ष्य पूरा गर्दै किर्तिमानी बनाएको हो ।

इस्टन रिजनमा यसअघिका दुई खेलमा लगातार पराजित भएको नेपालले तेस्रो खेलमा लय देखाए पनि शीर्ष दोस्रो उक्लिने सम्भावना भने अझै कमजोर छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्