मुक्तिनाथ विकास बैंकले ल्यायो दुई कर्जा योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

Machchapuchchre

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई नयाँ योजना सञ्चालनमा ल्याएको छ । बैंकले १५ वर्षको लागि घर पुँजी कर्जा र सरल व्यवसायिक कर्जा योजना सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको यस कर्जा योजनामा आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, तथा फ्ल्याट र अपार्टमेन्टमा भएको स्व-लगानीमा डेब्ट लेभेरेज लिने गरी इक्विटी फाइनान्सिङ गरिने सुविधा रहेको छ ।

साथै, बैंकले विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालु पुँजी स्व-लगानीमा फाइनान्सियल लेभेरेज लिने गरी मुक्तिनाथ सरल व्यवसायिक कर्जा ल्याएको हो ।

बैंकले उद्योग, व्यापार एंव सेवा मुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचनार पूर्वाधारमा लाग्ने पुँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालु पुँजी आवश्यकता पूरा गर्न यो योजना ल्याएको हो । यसका साथै दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पुँजीको लागि पनि यो कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्