राष्ट्र बैंकले दियो प्राइम र कैलाशलाई मर्जरको अन्तिम स्वीकृति, छिटै एकीकृत कारोबार सुरु गर्ने

Machchapuchchre

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको गत साता बसेको सञ्चालक समितिको बैठकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार प्राइम र कैलाशले करिब डेढ महिनाअघि अन्तिम स्वीकृति माग्दै राष्ट्र बैंकमा आवेदन दिएकोमा प्राइम र कैलाशको मर्जरलाई स्वीकृति दिएको बताएका छन् ।

यी दुइ बैंकबीच गत असार २० गते मर्जर सम्बन्धि सैद्दान्तिक समझदारी भएको थियो । यी दुई बैंकको मर्जरलाई राष्ट्र बैंकले गत असोज दोस्रो साता सैद्दान्तिक सहमति दिएको थियो । गत पुस ३ गते मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यी दुईबीच ढिलोमा २ हप्ताभित्र एकीकृत कारोबार हुने बताइएको छ । कैलाशलाई गाभेपछि प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड र पुँजी कोष १९ अर्ब रुपैयाँ पुग्नेछ। २०० वटा शाखा सञ्जाल पुग्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्