देशभरका व्यवसायीले नेतृत्व लिन दवाव दिनुभएका कारण बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको हु: चन्द्र ढकाल

Machchapuchchre

अर्थ राजनीति । काठमान्डौको होटेल याक एंड यतिमा कार्यक्रम आयोजना गर्दै चन्द्र ढकालले आउदो चैत्र  २८ र २९ गते हुन् लागेको नेपाल उधोग वाणिज्य  महासंघको साधारण सभामा बरिष्ठ उपाध्क्ष्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन । ढकालले व्यावासायीहरुले उमेद्वारमा उठ्न जोड गरे पछी मात्र आफु सहभागी हुन् लागेको बताए । अध्यक्ष बन्न लागेका शेखर गोल्छाको नेतृत्वमा माहासंघलाई अगाडी लैजाने भनेर चन्द्र ढकालले जानकारी दिए । ढकालले आफुले देशको विकासको लागि निजि क्षेत्रमा थुप्रै काम गरेको र ५० वर्षसम्म आफ्नो गरिमा बढाउन सफल भएको साथै लामो इतिहास झल्काउने माहासंघको अझै गरिमा बढाउन आफु मन,वचन र कर्मका साथ अगी बढ्ने कुरा बताए ।

उक्त कार्यक्रममा बोल्दै ढकालले आइएमईको व्यवसायबाट हामीले हजारौ उध्यमी जन्माएका छौ र विदेशमा रहनु भएका नेपालिहरुले आफ्नो रगत र पसिना एक नभनी कमाउनु भएका पैसा भरोसाका साथ सम्हालेर आश्रित परिवारमा पुर्याउनुको साथै उहाहरुबाट आशिर्वाद र साथ पाइराखेका छौ । ढकालले राजनीतिक नेतृत्वले लिएको नीति अनुसार सरकारी सड्यन्त्रले काम नगरेको भन्दै उधयोगी व्यवसायीले नेपालको परम्परागत संरचनामा काम गर्ने वातावरण नभएको समेत बताएका छन ।

निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको सरकारको  व्यवस्थामा सुधार गर्नुपर्ने देखिन्छ र करका कारण उधोग व्यवसायीहरु मारमा परिरहेको र समस्याहरु झेलिरहेको ढकालले बताए । साना तथा मझौला व्यावासाहिहरु समस्यामा परेको भन्दै ढकालले समस्याको समाधान गर्न सरकारसंग माग गरेका छन । ढकालले कार्यक्रममा सरकार हाम्रो अभिभाका हो र सरकारले विकासको लागि निजि क्षेत्रलाइ पनि आफ्नो साथमा लिएर काम गर्नुपर्ने धारणा ब्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्