उपप्रधानमन्त्री पोखरेलद्वारा संविधान संशोधनको विरोध, दिए यस्तो कडा चेतावानी

Machchapuchchre

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वामदेव गौतमलाई प्रधानमन्त्री बन्न बाटो खोल्ने गरी हुने भनिएको संविधान संशोधनको विषयको विरोध गरेका छन् । पोखरेलले ट्वीट गर्दै संविधान संशोधनको विषयलाई ढाँट छलफलको संज्ञा दिएका हुन् ।

सत्तारूढ नेकपाले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति नेकपाका नेता समेत रहेका मन्त्री पोखरेलले आपत्ति जनाएका छन् । उनले संशोधनको गृहकार्य नाजायज भएको टिप्पणी गर्दै यसलाई ढाँटछलको संज्ञा दिएका छन् ।

‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाहरूबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ’, पोखरेलले भनेका छन्, ‘मानिसहरू यो सुनेर उदेक मान्दैछन् ।’

संविधान संशोधनको गृहकार्य थाल्नुअघि त्यो केका लागि भनेर प्रष्ट पार्नुपर्ने पोखरेलको भनाइ छ । ढाँट र छल गरेर धेरै दिन नटिक्ने भन्दै उनले राजनीति गरे पनि जुवा नखेल्ने चेतावनी दिएका छन् ।

‘केका लागि संशोधन ! खराखरी बहस गर्नेबेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ, कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न !’, पोखरेलले भनेका छन् । नेकपाले हालै संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको समाचार बाहिरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्