पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ

Machchapuchchre

पोखरा । पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षणका लागि पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ परेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओली सोमबार गण्डकी प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका थिए ।

ओली पोखरा आउने सूचना पाएपछि समाजवादी पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाउने कार्यक्रम राखेका थिए । ओलीलाई कालो झण्डा देखाउ पोखरा सभागृह गेट अगाडि जम्मा भएर नाराबाजी गरिरहेकालाई पक्राउ गरिएको हो ।

नेकपाले सार्वजनिक गरेको प्रशिक्षण कार्यतालिका अनुसार ओली सोमबार पोखरा पुगेका हुन् । सोमबार र मंगलबार गरी २ दिन चल्ने प्रशिक्षण कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्