सरकारद्वारा १६ जना सहसचिवको काज सरुवा, काे कहाँ पुगे ?

Machchapuchchre

काठमाडौं । सरकारले १६ जना प्रथम श्रेणीका अधिकृत (सहसचिव)हरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले १६ जना सहसचिवको काज सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव भुपाल बरालले मन्त्रिपरिषदको बैठकले १६ जना सहसचिवको सरुवा गरेको जानकारी दिएका छन् ।

सरुवा हुने सहसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बराल पनि छन् । उनलाई महालेखा नियन्त्रकको कार्यालय काठमाडौंमा काज सरुवा गरिएको छ । यस्तै, सामान्य प्रशासन मन्त्रालयकै अर्का सहसचिव केदार पनेरुलाई अर्थ मन्त्रालयमा काज सरुवा गरिएको छ ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) उमेश बस्नेतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने जितपुर सिमरा उपमहानगरपालिकाका सहसचिव खड्ग बहादुर कार्कीलाई मधेसी आयोग, १ नम्बर प्रदेश प्रमुखको कार्यालयका सहसचि ठाकुर सिग्देललाई कर्णाली प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका सहसचिव हरि खबतीको राष्ट्रिय समावेशी आयोग, वीरगन्ज महानगरपालिकाका सहसचिव कृष्णप्रसाद धितालको राष्ट्रिय दलित आयोग, विराटनगर महानगरपालिकाका सहसचिव भीष्मप्रसाद न्यौपानेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, राष्ट्रिय समावेश आयोगका सहसचिवको राष्ट्रिय योजना आयोग, राष्ट्रिय दलित आयोगका सुशील ढकालको राष्ट्रिय कितावखाना ललितपुर तथा धोराही उपमहानगरपालिकाका टिकाराम ज्ञवालीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काज सरुवा गरिएको छ ।

यस्तै, २ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका तेजराज पाण्डेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका शंकर प्रसाद सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्णाली प्रदेश प्रमुखको कार्यालयका आनन्द सारुको तुलसीपुर उपमहानगरपालि, तुलसीपुर उपमहानगरपालिकाका कृष्ण कान्त उपाध्यायको ५ नम्बर प्रदेश प्रमुखको कार्यालय र हेटौंडा उपमहानगरपालिकाका सहसचिव उपेन्द्र खनालको उपराष्ट्रपतिको कार्यालयमा काज सरुवा गरिएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्