गिरिजालाई जोडेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति, हेर्नुहोस बिज्ञप्तिसहित

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति बारे गम्भीर आपत्ति जनाएको छ । कांग्रेसले विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै स्व. गिरिजाप्रसाद कोइरालाको विषयमा अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।’

‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो´ भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि साँचै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो ।’ बिज्ञप्ति भनिएको छ । तर उनको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दु:खद भएको कांग्रेसले जनाएको छ।

आफ्नै अभिव्यक्तिले प्रचण्ड पार्टी भित्र बिबादित बनेका छन् । कांग्रेसले बिज्ञप्ति निकालेपछि पूर्वएमाले पक्षले पनि प्रचण्डको आलोचना गरेका छन् । प्रचण्डको अभिव्यक्ति र कांग्रेसको बिज्ञप्तिपछि सत्तारुढ नेकपाभित्र खैलाबैला मच्चिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्