कामना सेवा विकास बैंकले ल्यायो ‘स्वर्णिम सुरक्षित प्लस बचत खाता’, के-के छन् ?

Machchapuchchre

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको लागि बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता संचालनमा ल्याएको छ ।

यस बचत योजनामा सहभागी हुने ग्राहकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र एक लाख सम्मको ओषधीउपचार बीमा सुविधा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

बैंकको हाल १ सय १८ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्