आज पानि मन्त्रिपरिषद् बैठक बस्दै, कसले पाउला प्रहरी महानिरीक्षकमा चान्स

Machchapuchchre

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज दिउँसो ३ बजे बस्ने उक्त बैठकमा नेपाल प्रहरी प्रमुख नियुक्तिको विषयमा मुख्य एजेण्डा रहेको छ । हिजो बसेको बैठकमा प्रहरी महानिरिक्षक (आईजीपी) छनौट गर्न नसकेपछि आजका लागि बैठक डाकिएको हो ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको आजदेखि सेवा अवधी सकिँदैछ । साथै उनका ब्याचका एआइजीहरुको पनि पदावदी सकिएकोले सरकारले आज डिआईजीमध्येबाट एकजनालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्नुपर्नेछ ।

सरकारले प्रहरी ममहानिरीक्षक खनालको सेवा अवधीको समय थप गर्ने वा डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल, सूर्य उपाध्यायमध्येबाट महानिरीक्षक नियुक्ति गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्