संसद अवरुद्ध नगर्ने कांग्रेस संसदीय दलको निर्णय

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे यता कांग्रेसले संसद चल्न दिएको थिएन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्