आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै, खनालसँगै १८ डीआईजी र ३ ‘एआईजीले अवकाश पाउने

Machchapuchchre

काठमाडौं । आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै छ । शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेपछि दुई दिन आराम गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक डाकेका छन ।

सोमबार नियमित रुपमा बस्दै आएको बैठक प्रधानमन्त्री आराम गरिरहेकाले प्रभावित हुने अड्कलबाजी काटिरहँदा दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।बैठकमा भोलिदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्ने बिषयमा छलफल हुने स्रोतले बताएको छ ।

हालका आइजीपी सर्बेन्द्र खनाल ३० बर्षे सेवा हदका कारण भोलिदेखि अवकाश पाउने भएपछि नयाँ आइजीपीको खोजि भएको हो ।नयाँ आइजीपीका लागि डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणि प्रसाद लम्सालको नाम चर्चामा छ ।खनालसँगै १८ डीआईजी र तीन ‘एआईजी’ले अवकाश पाउँने भएकाले यो पटक प्रहरी प्रमुख ‘डीआईजी’वाट छानिने भएको हो ।

२७ औं प्रहरी प्रमुखमा एआईजी’हरु ठाकुर ज्ञवाली, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायको नाम चर्चामा छ । तिमध्ये वरीयतामा एक नम्बरमा रहेका ज्ञवालीको प्रहरी प्रमुख बन्ने सम्भावना बढि रहेको बताइन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्