गणेश अवस्थी ग्लोबल आइएमई बैंकका चिफ म्यानेजर , नविल बैंकको एजिममा नियुक्त

Machchapuchchre

अर्थ राजनीति ।  ग्लोबल आइएमई बैंकका चिफ अपरेटिङ अफिसर गणेश अवस्थी नबिल बैंक जाने भएका छन् । नविलमा गणेश अवस्थी सहायक महाप्रवन्धक(एसिस्टेन्ट जनरल म्यानेजर)मा जान लागेका हुन् ।

गणेश अवस्थीले ग्लोबलमा केहि हप्ता अघि राजीनामा दिइसकेका छन् । उनको राजीनामा भने स्वीकृत भइनसकेको जानकारी छ । उनले नविल बैंकबाट अफर लेटर लिइसकेका छन् । दुई दशक बैंकिङ अनुभव भएका अवस्थी अपरेशन, कर्पोरेट क्रेडिट र ब्रान्च म्यानेजमेन्टमा अब्बल दर्जाका मानिन्छन् । उनले सन् २००१ बाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । गणेश अवस्थीले तीन वर्ष कुमारी बैंकमा ब्रान्च म्यानेजर भएर काम पनि गरेका थिए । गणेश अवस्थी सन् २००८ बाट ग्लोबल आइएमई बैंकमा  आएका थिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका अवस्थी अहिले अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गर्दैछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्