कृषि विकास बैंकको ४ करोड हिनामिना गर्ने दीपिका रेग्मीसहित आठ जनाविरूद्ध अदालतमा मुद्दा दायर

Machchapuchchre

अर्थ राजनीति । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्युरोड शाखाको कृषि विकास बैंकको रकम हिनामिना गरेको आरोपमा दीपिका रेग्मीसहित आठ जनाविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले २० करोड रुपैयाँ बीगो दाबीसहित बैंकका कर्मचारी रेग्मी सहित प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले एक आपसमा मिलेमत्तो  गरी बैंकको मुख्य शाखा कार्यालय, न्यूरोडबाट अवैध रुपमा रकम निकाली आफूहरुले लिने र बैंकलाई गैरकानूनी ढंगबाट हानि नोक्सानी गर्ने गराउने योजना रहेको आयोगले बताएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धानका  अनुसार उनीहरुले विभिन्न व्यक्तिहरूको नाममा प्राप्त भएका अकाउन्ट पेई चेकहरू इसिसीका माध्यमबाट सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गरेको पाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्