कास्कीको हेम्जामा सिद्धार्थ बैंकको १६९औँ शाखा सञ्चालन

Machchapuchchre

काठमाडौँ । सिद्धार्थ बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा सोमबार (मङ्सिर ९ गते) कास्कीको हेम्जामा १६९औँ शाखा सञ्चालन गरेको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तारपश्चात् बैंकको कुल शाखा संख्या एक सय ७३ (चार एक्सटेन्सन काउन्टरसहित) पुगेको छ । बैंकले एक सय एकवटा शाखारहित बैंकिङ सेवा, एक सय ९० एटीएम र १६ सयभन्दा बढी पस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्