राज्यमन्त्री झाले दिइन् राजीनामा

Machchapuchchre

प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले आफ्नो पदबाट राजीनामा दिएकी छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाकाबीच राज्यमन्त्री झाले राजीनामा दिएकी हुन् ।

राज्यमन्त्री झाले आफू सरकारको कामबाट सन्तुष्ट नरहेकाले राजीनामा दिएको बताएकी छिन् । उनले एकलौटी रूपमा प्रदेश सरकारले काम गरिरहेको आरोप समेत लगाएकी छिन् ।

राजपा नेपालबाट राज्यमन्त्री बनेकी झा ले प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्