संसद बैठक शुरु, अग्नि सापकोटा सभामुखमा चयन हुने

Machchapuchchre

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक शुरु भएको छ । जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बैठक शुरु भएको हो । बैठकमा आजै अग्नि सापकोटालाई सभामुख निर्वाचित गर्ने एक मात्र कार्यसूची रहेको छ ।

यस्तै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले उपयुक्त पात्र चयन गरेको दावी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद अग्निप्रसाद सापकोटाको नाम सभामुखमा प्रस्ताव गर्दै उनले आफूहरुको चयन उपयुक्त भएको देखिइसकेको बताए ।

‘हाम्रो चयन उपयुक्त रहेछ भन्ने निश्कर्ष आइसकेको छ, यो संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएको छैन’ उनले भने । सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक रहेकाले सभामुखका लागि उनी उपयुक्त रहेको नेम्वाङले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्