विश्वविद्यालयका पदाधिकारी भागबण्डामा नेकपा र कांग्रेसबीच जुटेन सहमति

Machchapuchchre

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच विश्वविद्यालयका पदाधिकारी भागबण्डामा सहमति जुटाउन बसेको बिअथक बिनानिष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घण्टा बसेको दुवै दलका शीर्ष नेताहरूबीच विश्वविद्यालयका पदाधिकारी भागबण्डामा सहमति जुट्न नसकेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

पदाधिकारी विहीन ६ विश्वविद्यालयमा नियुक्तिबारे भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य रमेश लेखकलगायत नेताहरु सहभागी थिए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयमा लामो समयदेखि उपकुलपति नियुक्त गरिएको छैन् । त्यस्तै,पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोगका अध्यक्ष र सदस्य पद रिक्त छन्। यी विश्वविद्यालयको शैक्षिक र प्रशासनिक वातावरण पदाधिकारी नियुक्त हुन नसक्दा अस्तव्यस्त बनेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्