कृषि विकास बैंक लिमिटेडले दियो साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा

Machchapuchchre

काठमाडौँ । कृषि विकास बैङ्कले कृषि क्षेत्रमा साढे ५ अर्ब भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यविधि अनुसार बैङ्कले २५०० भन्दा बढी कृषकलाई ५ अर्ब ५८ करोड रुपैंया ऋण प्रवाह गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए ।

५३ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै बैङ्कले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्दति केन्द्र, हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् लगायतसँग सहकार्यमा त्यस्तो कर्जा प्रवाह गरेको जनाएको हो । २०२४ सालमा कृषि विकास बैङ्कले यही माघ ७ गते वार्षिकोत्सव मनाउँदैछ ।

बैङ्कले कुल कर्जा प्रवाहमध्ये १ करोड भन्दा बढी रकमको कर्जाको हिस्सा १ प्रतिशत रहेको तर १० लाखभन्दा कम कर्जाको हिस्सा ८० प्रतिशत रहेको जनाउँदै बैङ्कले आफू ग्रामीण भेगका जनतामा समर्र्पित रहेको समेत बताएको छ । यो अवस्थासम्म आइपुग्दासम्म बैङ्कले आफूलाई सम्पूर्ण बैंकिङ सुविधासहितको तपाइँ हाम्रो घरआगनको बैङ्कको रुपमा स्थापित हुन सफल भएको समेत जनाएको छ ।

बैङ्कले १०/३५ प्रतिशत ब्याजदरमा साढे २ अर्बको ऋणपत्र जारी गरेको भन्दै यो उच्च दरले बैङ्कले लिनमात्रै होइन, दिन पनि जान्दछ भन्ने प्रमाणित हुने दाबी समेत बैङ्कले गरेको छ । कृषि विकास बैङ्कका १२ लाख निक्षेप ग्राहक, १ लाख ४५ हजार ऋणी रहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्