आस्था राउतमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने

Machchapuchchre

काठमाडौँ । प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी तैनाथ जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी राउतमाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले राउतमाथि अनुसन्धान सुरु गरेको हो। पीडित जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार राउतविरुद्ध उजुरी दिएकी थिइन्। बिहीबार प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट राउत र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेजसमेत झिकाएर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो।

अभद्र व्यवहारसम्बन्धी प्रारम्भिक अनुसन्धानमा राउतकै गल्ती देखिएको एक अधिकारीले बताए। विमानस्थलमा सुरक्षा जाँचका क्रममा राउतले आफूलाई खानतलासी गरेको भन्दै प्रहरी जवानविरुद्व जाइलागेको सीसी टिभी फुटेजमा देखिन्छ। त्यस्तै महिला प्रहरीले उनलाई कफी लैजान दबाब दिएकी छन्। तर, आस्थाले बेवास्ता गर्दै हिड्न खाेजेकी छन्। उक्त विवादपछि राउतले फेसबुकबाट प्रहरीलाई गाली गर्दै आक्रोश पोखेकी थिइन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्