संसदबाट एमसीसी पारित गर्न दबाब दिने कांग्रेस संसदीय दलको निर्णय

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब दिने लगायतका निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार एमसीसी पारित गर्नका लागि संसदमा दबाब दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले सभामुखको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउनसमेत माग गरेको छ । सभामुख चयनको प्रक्रिया शुरु भएपछि कांग्रेसले सत्तारुढ दलसँग समेत सभामुखका बारेमा छलफल गर्ने निर्णय गरेको बताए । कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसका महिला सांसदहरुलाई जथाभावी रुपमा बोल्दै नहिँड्न सचेत समेत गराउने निर्णय गरेको जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्