विभागको १० बुँदे निर्देशन जारि सहकारी संस्थाहरुलाई

Machchapuchchre

अर्थ राजनीति ।  सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुनको पालना गर्न सहकारी संस्थाहरुलाई सहकारी विभागले निर्देशन जारि गरेको छ । विभागले १२२ वटा सहकारी संस्थाहरुलाई १० बुँदे निर्देशन जारी गरेको छ । विभागले सहकारी सदस्यको पहिचान अद्यावधिक राख्न सहकारीहरुलाई निर्देशन दिएको जनाइएको छ । उच्च पदस्थ व्यक्तिको पहिचान तथा जोखिम न्यूनीकरण गर्न एवम सम्पतिको  वास्तविक धनीको पहिचान गर्ने उपायको अबलम्बन गर्न पनि विभागले जनाएको छ ।

त्यस्तै गरि, सीमा कारोबारको स्रोत खुलाउनु पर्ने, सहकारी संस्थाको जोखिम पहिचान, मूल्यांकन, वर्गीकरण तथा व्यवस्थापन गर्नुपर्ने, सीमा कारोबारको प्रतिवेदन अनुसार कारोबार सम्पन्न भएको १५ दिनभित्र सोको जानकारी नेपाल राष्ट्र बैंकको वित्तीय ईकाईमा पठाउनुपर्ने, सम्पत्ति शुद्धिकरणसम्बन्धी व्यवस्था कार्यनयन  गर्ने अधिकारी नियुक्त गरी त्यस्तो अधिकारीको विवरण विभागमा बुझाउनुपर्ने लगायतका निर्देशन जारी गरेको छ सहकारी विभागले ।

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्