पुनर्बहाली राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि

Machchapuchchre

अर्थ राजनीति ।  निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका  डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाई दिएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ  । अर्थ मन्त्रालयमार्फत पठाइएको प्रतिवेदन अध्ययनपछि श्रेष्ठ निर्दोष रहेको ठहर भएकोले सफाइ दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भनाई छ । यस सँगै श्रेष्ठको निलम्बन पनि फुकुवा भएको र अब नियमित काममा फर्किन पाउने भएका छन् ।

प्रवक्ता बाँस्कोटाले श्रेष्ठमाथि आरोप लागेकाले छानबिन भएको तर अनुसन्धान रिपोर्टमा उनी विरुद्ध दोषी नदेखिएपछि सफाइ दिएको बताउनु भएको छ । राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरू सुबोध कर्ण र रामजी रेग्मी सदस्य रहेको समितिले श्रेष्ठ दोषी रहेको प्रतिवेदन पेश गरेको थियो । श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएको, निजी कम्पनी एनसेललाई सघाएको लगायतका आरोप लागेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्