मन्त्री बाँस्कोटा र ढकालले पाए थप मन्त्रालयको जिम्मेवारी

Machchapuchchre

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले थप मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी हेर्ने गरी तोकेकी हुन् ।

पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि यी दुई मन्त्रालय प्रधानमन्त्री ओली स्वयंले सम्हाल्दै आएका थिए। त्यसबेलासम्म उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्