बैंकर्स संघ र अर्थमन्त्रीबीच छलफल, समस्या सहजीकरण गर्न बैंकरहरुको माग

Machchapuchchre Bank
Artharajniti  ~  नेपाल बैंकर्स संघका प्रतिनिधि र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच भेटघाट भएको छ। भेटका क्रममा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले नीतिगत अप्ठ्याराका कारण भोगिरहेका समस्याबारे स्पष्ट सुझाव दिन बैंकरहरुलाई आग्रह गरेका थिए। त्यसक्रममा बैंकर्स संघका प्रतिनिधिहरुले हाल देखिएका विभिन्न जटिलताबारे वाग्लेको ध्यानाकर्षण गराउँदै महत्वपूर्ण सुधारका माग अघि सारेका छन्।उनीहरुले खराब कर्जाको व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने, गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि स्थानीय तहबाट सिफारिस लिन सहजिकरण तथा उठ्न बाँकी आम्दानीबाट कर तिर्नुपर्ने व्यवस्थालाई सहजीकरण गर्नुपर्ने माग तत्काल सम्बोधन हुनुपर्ने मन्त्री वाग्लेलाई बताएका थिए। बैंकहरुले उल्लेखित ३ व्यवस्थाहरुका कारण वित्तीय व्यवस्थापनमा दबाब बढेको भन्दै नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए। अर्थ मन्त्री वाग्लेले बैंकिङ क्षेत्रका व्यवहारिक समस्याहरु समाधान गर्न सरकार सकारात्मक रहेको जनाउँदै प्रि-बजेटको समयमा बैंकहरुसँग पुनः छलफल गरि थप सुझाव लिने आश्वासन दिएका थिए। साथै, उनले नीतिगत सहजीकरणका लागि आफू तयार रहेको जानकारी बैंकरहरुलाई दिएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्