” निर्वाचनका लागि बजेट अभाव हुन दिँदैनौँ ” : मन्त्री खनाल

Machchapuchchre Bank

Artharajniti  ~ अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गरेका छन् । पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका हुन् । देशको अर्थतन्त्रलाई बलियो बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गर्दै अर्थमन्त्रीले विभिन्न नीतिगत कामहरू अघि बढिरहेको जानकारी दिए। पर्यटन र अन्य आर्थिक क्षेत्रको उन्नयनका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उनको तर्क थियो। निर्वाचनपछिको स्थिर सरकारले आर्थिक विकासका योजनाहरूलाई थप गति दिने विश्वास समेत उनले व्यक्त गरे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्