रेमिट्यान्स बापत विदेशी बैंकमा राखेर राष्ट्र बैंकले कमायो ९६ अर्ब

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले विदेशी  सम्पत्तिमा लगानी गरेर मात्रै एक वर्षमा झन्डै ९६ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा यस्तो आम्दानी गरेको देखाएको हो । यो अवधिमा राष्ट्र बैंकले प्राप्त गरेको कुल रकममध्ये विदेशी बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा पैसा राखेबापत २९ अर्ब ७० करोड, विदेशी सुरक्षण पत्रमा गरिएको लगानी बापत ६२ अर्ब ३ करोड, स्थिर सुरक्षण पत्रमा लगानीबापत ३ अर्ब ५३ करोड र आईएमएफको एसडीआर होल्डिङमा गरेको लगानी बापत ८७ करोड रुपैयाँ प्राप्त गरेको छ । गत वर्ष राष्ट्र बैंकले यस्तै लगानीबापत जम्मा ७९ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो वर्षको आम्दानी गत वर्षको भन्दा २०।५३ प्रतिशत बढी हो । यो वर्ष राष्ट्र बैंकसँग विदेशी मुद्राको सञ्चिति बढ्दै जाँदा आम्दानी समेत बढ्दै गएको हो । पछिल्लो वर्ष विदेशबाट भित्रिने रेमिट्यान्स बढ्दै जाँदा राष्ट्र बैंकसँगको विदेशी मुद्राको सञ्चिति बढ्दै गएको छ । त्यसरी आउने रेमिट्यान्सबापत राष्ट्र बैंकले नेपाली रुपैयाँमा भुक्तानी दिएर प्राप्त भएको डलर वा अन्य मुद्रा भने विदेशी सुरक्षण पत्रमा लगानी गर्ने गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्