हट्यो सेयर धितो कर्जा सीमा, बैंकलाई सेयर किनबेचमा सहज नियम

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटाएको छ। हाल कुनै एक वा सबै बैंक तथ वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड छ। यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पुँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो । यसअघि पनि लगानीकर्ताहरूको माग सम्बोधन गर्दै व्यत्तिगत सेयर धितो कर्जा समेत हटाएको थियो। त्यस्तै , अब बैंकहरूले ६ महिना पुगेपछि पनि लगानीमा रहेको सेयर बिक्री गर्न पाउने भएका छन्। यसअघि बैंकले सेयर खरिद गरेको एक वर्ष पूरा भएका लगानी मध्येबाट एक  आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था  थियो। बैंकहरूले सेयर बिक्री गर्न यसअघि तोकिएका सीमा पनि हटाईएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्