सुलेमानीलाई श्रद्धाञ्जली दिँदा भक्कानिएर यसरी रोए इरानका सर्वोच्च नेता

Machchapuchchre

एजेन्सी । इरानका सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीले सोमबार तेहरानमा एक समारोहीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सुलेमानीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा सर्वोच्च नेता खामेनी आफैं भक्कानिएर रोएका थिए । खामेनी रोइरहँदा त्यहाँ उर्लिएका हज्जारौ) जनाको भीड शोकमा डुबेको देखिन्थ्यो ।

श्रद्धाञ्जलीसभामा लाखौं इरानी सर्वसाधारणको उपस्थिति देख्न सकिन्थ्यो । हज्जारौं युवायुवतीहरुको उपस्थिति रहेको सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध नारा लेखिएका ब्यानरहरु बोकेका थिए । एउटा ब्यानरमा लेखिएको थियो, ‘कासिमको जुत्ताको मूल्य ट्रम्पको टाउकोको मूल्य भन्दा बढी हो।’ सडकमा युवा र वृद्धहरू ठूलो संख्यामा उपस्थित थिए भने महिलाहरु कालो पोशाकमा उपस्थित थिए ।

सुलेमानी शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मारिएका थिए । शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए । उनी ६२ वर्षका थिए । सुलेमानीको मृत्युलगत्तै अमेरिका र उसले लिएको एक्सनको विश्वभर आलोचना सुरु भएको छ । यो घटनापछि इरान र अमेरिकाबीच थप तनाब बढेको छ । इरानले अमेरिकासँग बदला लिने प्रतिज्ञा गरेको छ । सुलेमानी इरानका लोकप्रिय सैन्य जनरल रहेका थिए ।

यसैबीच इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको ह’त्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो। सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले प्रत्यक्ष टेलिभिजन प्रसारण मार्फत ट्रम्पको टाउकोको मूल्य तोकेको हो।

इरानले आफ्नो जनसंख्या बराबर ट्रम्पको टाउकोको मूल्य तोकिएको जनाएको छ। ‘इरानमा ८ करोड बासिन्दा छन्’, द सनले इरानी सरकारी टेलिभिजनलाई उद्धृत गर्दै लेखेको छ, ‘यो जनसंख्यामा आधारित हुँदै हामी ८० मिलियन डलर खर्च गर्न चाहन्छौँ, जुन राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई पुरस्कार हो।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्