५ प्रतिशत जनमत नभएकाले सत्ता कब्जा गर्न चाहन्छन् : प्रधानमन्त्री ओली
अर्थ राजनीतिप्रकाशित मिति :
Artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच प्रतिशत पनि जनमत नभएकाहरूले सत्ता कब्जा गर्न चाहेको बताएका छन् । काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त धारणा राखेका हुन् । ओलीले पाँच प्रतिशत पनि जनमत नभएकाहरूले लोकतान्त्रिक व्यवस्था परिवर्तन गरी सत्ता हत्याउन खोजेको बताएका हुन् । उनले अराजक तत्वले अस्थिरता ल्याउन खोजेको टिप्पणी गरेका छन् । उनले जनमत नभएकाहरूले अराजकता सिर्जना गरेको बताए । जनमत भएको भए चुनावमार्फत सरकारमा आएर अवस्थामा परिवर्तन ल्याउने बताए । उनले भावनामा बग्ने खालको जमाना आएको समेत बताए । मुलुकमा प्रतिगमन ल्याउनका लागि त्यस्ता क्रियाकलाप भएको बताउँदै त्यसका लागि मुलुकमा अराजकता ल्याउन खोजिएको ओलीको भनाइ थियो । ओलीले सरकार र व्यवस्था नै त्यो पाँच प्रतिशतको बलमा परिवर्तन गर्न खोजेको बताएका हुन् । त्यस्ता संकेत नेपालमा देखा परेको उल्लेख गर्दै ओलीले अराजकता त्यसैको आडमा ल्याइएको बताए । समाजमा रहेको असन्तुष्टिलाई त्यस्ता तत्वहरूले बढावा दिएको ओलीको भनाइ थियो । समाज नै असन्तुष्टि प्रधान रहेको बताउँदै ओलीले साकारात्मक ढंग र सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।