हमासले शनिबारसम्ममा बन्धक नछोडे विध्वंश हुने ट्रम्पको चेतावनी

Machchapuchchre Bank

Artharajniti   ~  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनले भनेजस्तो गजाका प्यालेस्टिनीलाई छिमेकी इजिप्ट र जोर्डनले नलिए ती देशलाई अमेरिकाले दिइरहेको सहयोग रोक्ने चेतावनी दिएका छन्। गत मंगलबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहितको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गजा आफ्नो अधीनमा लिने र त्यहाँका प्यालेस्टिनीलाई छिमेकी इजिप्ट र जोर्डन लगायत देशमा पुनर्वास गराउनुपर्ने बताएका थिए। उनको प्रस्तावको इजिप्ट र जोर्डन दुवैले विरोध गरिसकेका छन्। त्यसबारे ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ठूलो मात्रामा अमेरिकी सैन्य र आर्थिक सहायता प्राप्त गर्ने ती देशले सहमति जनाएनन् भने अमेरिकी सहायता रोक्ने बताएका छन्। ‘यदि उनीहरूले सहमति जनाएनन् भने, म सहायता रोक्न सक्छु,’ उनले भने। जोर्डनका राजा अब्दुल्लाहले आजै वासिङ्टनमा ट्रम्पलाई भेटेर अरब राष्ट्रहरूको तर्फबाट संयुक्त सन्देश दिने कार्यक्रम छ। त्यसको एक दिनअघि ट्रम्पले सहायता रोक्ने धम्की दिएपछि राजा अब्दुल्लाह दबाबमा परेका छन्। हमासले युद्ध-विराम सम्झौता अनुसार पहिलो चरणमा रिहा गर्ने भनिएका सबै बन्धक शनिबार सम्ममा नछोडे युद्ध-विराम तोडिने पनि ट्रम्पले बताएका छन्। इसराइलले युद्ध-विरामका सर्तहरू भंग गरेको भन्दै हमासले बन्धक रिहा गर्ने योजना ढिलो गर्ने बताएको छ। हमासले त्यसो गरे त्यहाँ विध्वंश मच्चिने भनेर ट्रम्पले चेतावनी दिएका छन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्