रिहा भएपछि रवि : ” यो प्रसव पीडाजस्तै परिवर्तनको पीडा हो “

Machchapuchchre Bank
Artharajniti   ~  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेको पिडा परिवर्तन जन्मिने बेलाको प्रसव पिडा जस्तै भएको बताएका छन् ।  बिहीबार साँझ चितवन जिल्ला अदालतले मागेको ५४ लाख धरौटी बुझाएर रिहा भएसँगै अदालत परिसरमा बोल्दै लामिछानेले परिवर्तन जन्मिने बेलाको पीडा भएकाले आफूहरूले रुनु नपर्ने बताए । उनले परिवर्तन जन्मिएरै छोड्ने बताए ।लामिछानेले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए । लामिछानेले चितवनबाट सुरु भएको परिवर्तन देशब्यापी हुने बताएका छन् । उनले चितवन देवभूमि भएकाले चितवनवासीहरू पनि देवता जस्तै रहेको बताए । उनले चितवनले देशको परिवर्तनको ढोका खोलेको बताएका हुन् । उनले चितवनबासीले निर्वाचनबाटै परिवर्तको सुरुवात गरेको बताए । उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए । उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाए । लामिछानेलाई जिल्ला अदालत चितवनले रिहाईका लागि ५४ लाख रुपैयाँ धरौटी तोकेको थियो । उनी सोही बराबरको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्