” बीआरआईबाट नेपालले लाभ लिन्छ ” : प्रधानमन्त्री ओली

Machchapuchchre

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईबाट नेपालले लाभ लिने बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए । प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्