राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता आइतबार

Machchapuchchre

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि भोलि(आइतबार) मनोनयन दर्ता हुँदैछ । दुई वर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन हुंदैछ ।

एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिनेछ । निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी तथा नेपाली कांग्रेस र समाजवादी पार्टी गठबन्धन बनाएर जाने भएका छन् ।

नेकपाले १८ मध्ये १६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली कांग्रेसले आन्तरिक विवादका कारण उम्मेदवार चयन गर्न सकेको छैन । उम्मेदवार चयनको जिम्मा कांग्रेसले पार्टी पदाधिकारीलाई दिएको छ । राजपा र समाजवादीले आजसम्म उम्मेदवार तय गर्ने जनाएका छन् ।

नेकपा र राजापाबीच प्रदेश नम्बर २ मा २—२ सिटमा सहमति भएको छ । कांग्रेस र समाजवादी पार्टीबीच प्रदेश–२ का ४ सीटमा तालमेल गर्ने सहमति भएको छ । कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्