Artharajniti ~ बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक संजाल फेसबुक, इन्टाग्राम, टिकटक, ईमेल, ह्वाट्सएप, भाईबर, ईमोलगायत सामाजिक संजालको माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पार्ने र ठगी गर्ने कार्य भईरहेको भन्दै प्रहरीले सर्तक हुन अनुरोध गरेको छ। विभिन्न सामाजिक सञ्जालहरुमार्फत बैङ्क तथा वित्तिय संस्थाको अनलाइन पेमेन्ट गेटवे मार्फत रकम ठगी गर्दै आईरहेकोमा, हाल विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाँईको खाता रिन्यू वा अपडेट गर्नुपर्ने भन्दै एकाउन्ट नम्बर, डेट अफ बर्थ, ओटिपी, ठेगाना लगायतका व्यक्तिगत तथा गोप्य विवरण माग गर्ने गरेको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले त्यस्तो जानकारीहरु नदिनका लागि आग्रह गरेको छ। यसका साथै खातावालाले पनि विश्वासमा परि आफ्नो विवरण उपलब्ध गराउँदा स्क्यामर/ह्याकरहरुले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरु लिने तथा बैंकमा समेत खाता खोल्ने गरेको भन्दै त्यस बारेमा सतर्क हुन भनेको हो। “विभिन्न खातावालाहरूको खाताबाट पैसा ट्रान्सफर गरि विभिन्न माध्यमबाट निकाली अनलाईन ठगी गर्ने गरेको उजुरीहरू केहि दिनदेखि यस कार्यालयमा प्राप्त भइरहेको हुँदा त्यस्ता शंकास्पद/अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैंक वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिन्छ,” व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटीले भने। यसका साथै यस्ता अनलाईन ठगी/बैंकिङ ठगी कसूरबाट बच्नको लागि सर्वसाधारणको जानकारीको लागि मिडिया/सामाजिक संजाल साइटबाट सुसुचित गराई सहयोग गरिदिन अनुरोध समेत गरेको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति