अमेरिकी राष्ट्रपती निर्वाचनः अन्तिम दौडमा ह्यारिस र ट्रम्प

Machchapuchchre

Artharajniti ~  नोभेम्बर ५ अर्थात मंगलबार नयाँ अमेरिकी राष्ट्रपतको लागि निर्वाचन हुँदैछ । जस अन्तर्गत उम्मेदवार कट्टर प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सोमबार अन्तिम तीव्र चुनावी अभियान सुरु गर्दैछन् । दुवैले अमेरिकाको सबैभन्दा कडा र अस्थिर राष्ट्रपतीय चुनावमा जित्नैपर्ने पेन्सिलभेनिया राज्यमा प्रचार गर्दैछन् । रिपब्लिकन ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि ‘पहिलो’ जितको वाचा गरेका छन भने डेमोक्रेट ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयासमा ‘गति’ आफ्नो पक्षमा रहेको बताएकी छिन् । यद्यपि मतदान दिवसको पूर्वसन्ध्यामा सर्वेक्षणहरूले फरक कथा बताइरहेका छन– राष्ट्रिय स्तरमा र निर्णायक सात स्विङ राज्यहरूमा पूर्ण गतिरोध देखिएको छ । दुई पटक ट्रम्पको हत्या प्रयास र ह्यारिसको आश्चर्यजनक ढिलो प्रवेशसहितको नाटकीय मोड लिएको यो दौड अब सबैभन्दा कडा लडाइँ भएको क्षेत्रमा केन्द्रित हुँदैछ । ह्यारिसले पूरै दिन रस्ट–बेल्ट राज्य पेन्सिलभेनियामा प्रचार गर्नेछिन र फिलाडेल्फियामा गायिका लेडी गागासहितको विशाल ¥यालीमा समापन हुनेछिन । ट्रम्प नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र त्यसपछि मिशिगन जानेछन । पेन्सिलभेनिया कति महत्त्वपूर्ण छ भन्ने सङ्केतका रूपमा ट्रम्प र ह्यारिस दुवैले औद्योगिक शहर पिट्सबर्गमा प्रतिद्वन्द्वी ¥यालीहरू आयोजना गरेका छन् । जनसङ्ख्याको आधारमा प्रभाव प्रदान गर्ने अमेरिकी इलेक्टोरल कलेज प्रणाली अन्तर्गत पेन्सिलभेनिया सबैभन्दा ठूलो स्विङ स्टेट पुरस्कार हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्