एनआइसी एसिया बैंकको नाफा ९० प्रतिशतले घट्यो

Machchapuchchre Bank

ARTHARAJNITI  ~  एनआइसी एसिया बैंकको नाफा करिब ९० प्रतिशतले घटेको छ। चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा बैंकको नाफा ११ करोड पाँच लाख रूपैयाँ छ। बैंकको गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा एक अर्ब एक करोड रूपैयाँ नाफा भएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन घटेको र प्रावधान रकम उच्चले बढेकोले नाफामा असर परेको हो।  बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ७४ करोडबाट घटेर दुई अर्ब ५५ करोड रूपैयाँ पुगेको छ। बैंकको फि तथा कमिसनबाट हुने आम्दानी ८० करोड रूपैयाँबाट घटेर ४१ करोडमा सीमित भएको छ।  बैंकले यसअघि ६४ करोड प्रावधान राखेकोमा यसपटक मात्रै एक अर्ब १६ करोड रूपैयाँ बराबर प्रावधान राखेको छ।  बैंकको प्रति सेयर आम्दानी २६ रूपैयाँ ५८ पैसाबाट घटेर दुई रूपैयाँ ९१ पैसामा झरेको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्