माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जा योजना

Machchapuchchre

Artharajniti   ~  माछापुच्छ्रे बैंकले आउदैँ गरेको नेपालीहरूको महान् चाडपर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । त्यसैगरी गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा०.५% प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउन साथै उक्त कर्जालिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त सकिने बैँकको भनाई छ ।त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १% प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । यो योजना आगामी भाद्र ३१ सम्म लागु हुने बैँकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्