बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

Machchapuchchre

Artharajniti   ~  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले सोमबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि बोलकबोल हुने उक्त उपकरणको सावाँ र ब्याज २३ भदौमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोबाट तय हुनेछ । बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल पेस गर्न सक्नेछन् । उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्