धरहरा खुला गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Machchapuchchre

Artharajniti  ~  २०७२  सालको भूकम्पमा परी ध्वस्त भएको काठमाडौँको माझमा रहेको धरहरा  छिट्टै  खुला गर्ने सरकारले तयारी गरेको छ । त्यसबेला समेत प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले  मै बनाउँछु मेरो  धरहरा भन्ने अभियान सञ्चाल गरेर यसको पुनर्निर्माण  गर्नुभएको थियो । पुनर्निर्माणपछि पनि पूर्ण रूपमा खुला नगरिएको धरहराको  प्रधानमन्त्री ओलीले  खुला गर्नका लागि सचिवहरूलाई  मंगलबार निर्देशन समेत दिनुभएको छ । ‘धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन । पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ। भूकम्पले ध्वस्त भएको धरहरा  पुनर्निर्माणको प्रधानमन्त्री  ओलीले २०७२ साल पुस १२ गते शिलान्यास गर्नुभएको थियो । तीन वर्ष लगाएर पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री ओलीले २०७८ साल वशाख ११ गते ऐतिहासिक धरहराको उद्घाटन गर्नुभएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्