सेयर मूल्य उच्च दरमा बढेका यी ५ वाणिज्य बैंक

Machchapuchchre

Artharajniti   ~  एक महिनामा सबैभन्दा धेरै मूल्य बढेका १० कम्पनीमा ५ वटा वाणिज्य बैंकहरू परेका छन् । खासगरी लगानीकर्ता तथा कारोबारीको प्रमुख रोजाइमा सस्तो मूल्यका वाणिज्य बैंक परेको देखिन्छ ।विगत एक महिनामा वाणिज्य बैंकको समूहगत सूचक नै २९ प्रतिशत बढिसकेको छ । ‘टप फाइभ’मा परेका बैंकहरूको मूल्य भने ३९ प्रतिशतभन्दा धेरै बढेको छ । एक महिनामा वाणिज्य बैंकहरुमध्ये प्रभु बैंकको मूल्य सबैभन्दा धेरै ४४. १९ प्रतिशत बढेको छ । यस कम्पनीको मूल्य प्रतिकित्ता ६२ रुपैयाँ ७० पैसा बढेर हाल प्रतिकित्ता २०४ रुपैयाँ ६० पैसा कायम भएको छ । एक महिनामा कुमारी बैंकको मूल्य ४१.१५ प्रतिशत बढेको छ । कुमारीको प्रतिकित्ता ५६ रुपैयाँ ७० पैसा मूल्य बढेर हाल १९४ रुपैयाँ ५० पैसा पुगेको छ । मूल्य उच्च दरमा बढेका वाणिज्य बैंकमध्ये तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक छ । यसको मूल्य एक महिनामा ४०.६५ प्रतिशत (६३ रुपैयाँ) बढेर २१८ रुपैयाँ कायम भएको छ । चौथोमा रहेको हिमालयन बैंकको मूल्य ४०.२३ प्रतिशत (७१ रुपैयाँ ४० पैसा) बढेर २४८ रुपैयाँ ९० पैसा पुगेको छ । प्राइम कमर्सियल बैंकको मूल्य एक महिनामा ३९.६५ प्रतिशत (७८ रुपैयाँ ५० पैसा बढेर २७६ रुपैयाँ ५० पैसा पुगेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्