” अहिलेको भन्दा जनयुद्धकालमा मेरो जीवन सरल थियो ” : प्रधानमन्त्री दाहाल

Machchapuchchre

Artharajniti   ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । आज राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरराद्र्धतिर लागे पनि रात दिन सक्रिय भएको बताए । उनले भने, ‘७० तिरबाट अगाडि लाग्नु भनेको त उत्तराद्र्धै हो । तर तपाईंहरुले देख्नु भएको छ म रात दिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु,’ ‘बरु जनयुद्धमा त जीवन सरल थियो मेरो ।’ अहिलेका नेताहरुमध्ये पारिवारिक रुपमा सबैभन्दा अप्ठ्यारो परिस्थिति पनि आफूले नै झेलेको भन्दै उनले सक्रियता नछोडेको बताए । उनले वुद्धिजीवीहरुलाई प्रश्न गरे,‘म आफूलाई अन्तिम समयसम्म सक्रिय राख्ने कोसिस गरेको छु भने तपाईंहरुले किन सक्नुहुन्न ?’ जनयुद्ध, जनआन्दोलनका उपलब्धि रक्षा गर्दै देशलाई समाजवादको बाटोमा डो¥याउन आफू सक्रिय रहेको प्रचण्डले बताए । त्यसका लागि कांग्रेस, एमाले सहितका दललाई मिलाउन संयोजनकारी भूमिका खेलेको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्