बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक

Machchapuchchre

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले अधिक तरलता दबाबका कारण स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरण सँगैसँगै परिचालन गरिरहेको छ । राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण मार्फत १४ दिनका लागि ३५ अर्ब तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा भएको घोषणा अनुसार फागुनदेखि स्थायी निक्षेप सुविधा उपलब्ध गराउन सुरु गरेको थियो । तर, उक्त औजार प्रभावकारी नदेखिएपछि निक्षेप संकलन उपकरण मार्फत निरन्तर तरलता खिचिरहेको छ । राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वनय गर्न विभिन्न औजार प्रयोग गर्दै आएको छ । अधिक तरलता भएर अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरभन्दा तल गए पनि राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ । स्थायी निक्षेप सुविधा सातामा दुई पटक प्रयोगमा ल्याइरहेको राष्ट्र बैंक चालु आवको मौद्रिक नीतिमार्फत त्यसलाई पुनरावलोकन गर्ने जनाएको छ । स्थायी निक्षेप सुविधामा लगानी गर्न चाहने बैंकले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिने सक्ने छ । चालु आव लागेपछि राष्ट्र बैंकले स्थायी तरलता सुविधा मार्फत १६ खर्ब ४५ अर्ब ३० करोड, निक्षेप संकलन उपकरण मार्फत ९ खर्ब ९६ अर्ब ८५ करोड गरी कुल २६ खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ तरलता खिचेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्