बालकृष्ण खाणलाई लुम्बिनी कांग्रेसको सम्मान

Machchapuchchre

Artharajniti  ~   नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोगमा थुनामा रहेका बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ। पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा खाणलाई कांग्रेसले सम्मान गरेको हो। सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका हुन्।‘राजनीतिक र आर्थिक रूपमा पहिले जहिल्यै पनि अभिभावकत्व गर्ने दाजु हाम्रा सामु यहाँ हुनुहुन्न। बालकृष्ण खाणज्यू, उहाँको सम्मान पत्र ग्रहण गरिदिन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाणजीलाई सम्मानपत्र ग्रहण गरिदिन अनुरोध गर्दछु,’ सम्मेलनमा उद्घोषकले भनेका थिए। पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण कांग्रेस केन्द्रीय सदस्य छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले गत वैशाख २७ गते निवासबाटै उनलाई पक्राउ गरेको थियो। खाणमाथि गम्भीर अभियोग लागेकोले केन्द्रीय सदस्यबाट हटाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले पटक-पटक माग गरे पनि सभापति देउवाले ‘अदालतबाट अभियोग पुष्टि भइनसकेको’ भन्दै केन्द्रीय सदस्यबाट निलम्बन गर्न मानेका थिएनन्। गत असार २ गते खाणसहित उक्त अभियोग लागेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्