चिकित्सकको प्रश्न : पेसा छाडौँ कि देश ?

Machchapuchchre

Artharajniti  ~ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका हुन् ।पोखरा लमजुङ, चितवन  हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने उनीहरूको भनाई छ । चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूले अडान लिएका छन् । आवासीय चिकित्सकहरू फ्रन्टलाइनमा धेरै समय खटिने हुँदा बढी आक्रमणमा उनीहरू नै पर्ने गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएको अस्पतालले जनाएको छ । लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय जना आवासीय चिकित्सकले आकस्मिक बाहेक अन्य सेवा ठप्प पारी आन्दोलित भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्